बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मनकामना केबुलकार र चितवन मिल्कको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख योगदान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १७ २०८३
मनकामना केबुलकार र चितवन मिल्कको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख योगदान

कोषमा निजी क्षेत्रका उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था र विभिन्न व्यावसायिक घरानाले सहयोग गर्ने क्रम जारी छ।

काठमाडौं- मनकामना केबुलकार र चितवन मिल्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्। चितवन को–ई ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका हुन्।

‘बाढीपहिरोले धेरै परिवार र समुदायमा ठूलो क्षति पुर्‍याएको छ। यस कठिन घडीमा प्रभावितप्रति हामी हार्दिक सहानुभूति व्यक्त गर्दछौँ,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चितवन को–ई ग्रुपले विपद्का बेला प्रभावित समुदायको साथमा उभिनु आफ्नो दायित्व भएको जनाएको छ।

नेपाल–चीन सीमाक्षेत्रबाट आएको बाढी तथा पहिरोपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग संकलन गरिरहेको छ। कोषमा निजी क्षेत्रका उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था र विभिन्न व्यावसायिक घरानाले सहयोग गर्ने क्रम जारी छ।


प्रकाशित : बुधबार, भदौ १७ २०८३१७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend