कर्णाली- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहत एवं क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि कर्णाली प्रदेश सरकारले २ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ करोड जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिए।
त्यसैगरी, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णय भएको उनले बताए। रासस