बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी र त्रिशूलीको बाढीबाट साढे २५ अर्ब रूपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी

मंगलबार, भदौ १६ २०८३
भोटेकोशी र त्रिशूलीको बाढीबाट साढे २५ अर्ब रूपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी

जेनजी आन्दोलन तथा अघिल्लो वर्षकै दाबी भुक्तानीको चाप झेलिरहेका निर्जीवन बीमा कम्पनीहरूका लागि यो बाढी थप संकटको कारण बनेको छ।

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा ठूलो दायित्व सिर्जना भएको छ। 

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हालसम्म १४ निर्जीवन बीमा कम्पनीहरूमा ५८३ वटा दाबीमार्फत २५ अर्ब ८७ करोड ३५ लाख रूपैयाँबराबरको प्रारम्भिक बीमा दाबी भएको छ।

जेनजी आन्दोलन तथा अघिल्लो वर्षकै दाबी भुक्तानीको चाप झेलिरहेका निर्जीवन बीमा कम्पनीहरूका लागि यो बाढी थप संकटको कारण बनेको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी रकम दि ओरियण्टल बीमा कम्पनीमा परेको छ। जसको १३ अर्ब ४ करोड रूपैयाँबराबरको दाबी पर्नसक्ने अनुमान छ। 

त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ वटा दाबीबाट १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ वटा दाबीमार्फत १ अर्ब ८७ करोड रूपैयाँबराबरको दाबी परेको छ। 

अन्य कम्पनीहरूमध्ये हिमालयन एभरेष्टमा ४५ वटा दाबीबाट ६४ करोड ८७ लाख, नेको इन्स्योरेन्समा ६६ वटा दाबीबाट ५१ करोड ७० लाख, सगरमाथा लुम्बिनीमा ३२ वटा दाबीबाट २४ करोड २३ लाख, नेपाल इन्स्योरेन्समा ३२ वटा दाबीबाट २३ करोड ८६ लाख र आइजिआई प्रुडेन्सियलमा २६ वटा दाबीमार्फत १८ करोड ७३ लाख रूपैयाँ दाबी परेको छ।

यस्तै, एनएलजी इन्स्योरेन्समा २१ वटा दाबीबाट ११ करोड ३१ लाख, प्रभु इन्स्योरेन्समा १४ वटा दाबीबाट ३१ लाख, राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबीबाट ७६ हजार र नेशनल इन्स्योरेन्स कम्पनीमा २ वटा दाबीबाट ५३ हजार रूपैयाँबराबरको दाबी दर्ता भएको छ।

बाढीबाट भएको क्षतिको ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार बीमाअन्तर्गत रहेको छ, जहाँ कुल २० अर्ब ५० करोड ७७ लाख रूपैयाँबराबरको दाबी परेको छ।

यसबाहेक सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड, मोटर बीमातर्फ १ अर्ब ५५ करोड, परिवहन बीमातर्फ ८९ करोड ७७ लाख, अन्य विधामा ५२ करोड ९२ लाख र स्वास्थ्य बीमातर्फ ४ लाख १६ हजार रूपैयाँबराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको तथ्यांक छ।

bhotekoshi beema.PNG


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend