काठमाडौं- रसुवा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले ४ करोड रूपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत कोषमा जम्मा गर्नेगरी ४ करोड रूपैयाँको चेक हस्तान्तरण गरेको हो।
यसअघि बाढी आएको तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख रूपैयाँबराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो।
ग्रुपले विपद्का कारण प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेको जनाएको छ।