बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : त्रिशुली ३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
भोटेकोशी बाढी : त्रिशुली ३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ। उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन्।

काठमाडौं- रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली ३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षाफौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ। गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा बाढी बढेपछि उद्धारका काम केही समय रोकिएको थियो।

बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ। उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन्।

प्रभावित जिल्लामा करिब ८ हजार ४ सयभन्दा बढी फौज खटिइ समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ।

यसैबीच सेनाले आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend