बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काठमाडौं-मुग्लिन सडक सञ्चालनमा, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

शनिबार, भदौ १३ २०८३
काठमाडौं-मुग्लिन सडक सञ्चालनमा, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

धादिङको बैनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फीरूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो।

लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमितरूपमा सञ्चालनमा आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ।

उनले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए। 'बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ। लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ', प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भने।

यसैबीच, धादिङको बैनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फीरूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ १३ २०८३११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend