काठमाडौं- विपद्को समयमा सहयोगका नाममा हुनसक्ने ठगीबाट बच्न सरकारले आम नागरिकलाई सचेत गराएको छ।
बुधबार रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि भन्दै सामाजिक सञ्जालहरुमा आर्थिक सहयोग उठाउन विभिन्न संस्था तथा व्यक्तिका क्यूआर कोडहरु छरपस्ट छन्।
यसरी विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण जनाउँदै सचेत गराएको हो।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न प्रधानमन्त्रीको सचिवालयको अपिल छ।
सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणहरू निम्नअनुसार छन्। यसैमा बाढी प्रभावितका लागि सहयोग गर्न सरकारको अनुरोध छ।
