बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

बिहीबार , भदौ ११ २०८३
भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो।

एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई हिजोदेखि लागु हुनेगरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ।

एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend