बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

साबिककै भाडादर कायम गरी हवाई टिकट बिक्री हुन्छ : वायु सेवा सञ्चालक

बिहीबार , भदौ ११ २०८३
साबिककै भाडादर कायम गरी हवाई टिकट बिक्री हुन्छ : वायु सेवा सञ्चालक

काठमाडौं- सस्तो दरका हवाई टिकट सकिए पनि साबिककै भाडादर कायम गरी हवाई टिकट बिक्री गर्ने वायुसेवा सञ्चालक संघले जनाएको छ।

संघले जारी गरेको विज्ञप्तीमा सरकारले तोकेको भाडादरमा नै रही टिकट बिक्री गरिरहेका र केही सेक्टरमा यात्रुहरुको अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि मानवीय तथा सामाजिक उत्तरदायित्वभित्र रही साबिककै भाडा दर कायम गरी हवाई टिकट बिक्री गरिरहेको जनाइएको छ।

आपतको सयमा वायुसेवा कम्पनीहरुले भाडा बढाएको भन्दै विरोध भएको थियो। सामाजिक सञ्जालनका हवाई टिकटको रकमलाई लिएर विरोध सुरु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार नै वायुसेवा कम्पनीहरुलाई भाडामा साबिककै दर लागु गर्ने निर्देशन दिएको थियो। 


प्रकाशित : बिहीबार , भदौ ११ २०८३११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend