बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बढ्यो भारतबाट हुने आयात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १० २०८३
बढ्यो भारतबाट हुने आयात

पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, रासायनिक मल, अन्य मेसिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, अलकत्रा, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ९७ अर्ब २५ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो आयात १ खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको थियो।

आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भइ ३ खर्ब १५ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १५.१ प्रतिशत र १०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २८ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैँची, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिंग सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भइ २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १३.३ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १३.० प्रतिशत, २४.७ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, रासायनिक मल, अन्य मेसिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, अलकत्रा, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भइ १७ खर्ब ८१ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा ६ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा निर्यात-आयात अनुपात १५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १५.४ प्रतिशत रहेको थियो।


प्रकाशित : बुधबार, भदौ १० २०८३१७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend