बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मधेश प्रदेश : एकै वर्षमा ८२१ उद्योग बन्द

मंगलबार, भदौ ९ २०८३
मधेश प्रदेश : एकै वर्षमा ८२१ उद्योग बन्द

गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म ६ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ।

जनकपुरधाम- आर्थिकमन्दीलगायतका कारणले मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका १ हजार ९३८ उद्योग व्यापार बन्द भएका छन्।

मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका १ हजार ११७ गरी एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएका छन्।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएको छ। सो अवधिमा पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए। गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म ६ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट ५ करोड २६ लाख ४९ हजार ५६२ रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताए। विश्वव्यापीरुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ ९ २०८३०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend