काठमाडौं- साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र करसहित ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिले निर्णय गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ।