बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मुग्लिन-मलेखु सडक : तीन वर्षमा ४६ प्रतिशत मात्र प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०८३
मुग्लिन-मलेखु सडक : तीन वर्षमा ४६ प्रतिशत मात्र प्रगति

करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा-नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर  स्तरोन्नतिको काम अघि बढाइएको थियो।

चितवन- पृथ्वी राजमार्गाको नागढुङ्गा-मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन-मलेखु सडक सम्झौताको तीन वर्ष ६ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ।

करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा-नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर  स्तरोन्नतिको काम अघि बढाइएको थियो।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा-मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ।

आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म १८ किलोमिटर कालोपत्रेसहित ४६ प्रतिशत प्रगति भएको छ।

हाल बर्खाको समय भएकाले अबको केही दिनपछि मात्रै काम अघि बढ्ने उवले बताए। सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ। दुई वटा पुलको स्ट्रक्चरको काम भइरहेको छ।  

मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा केही समय काममा ढिलाइ भएको हो। बिजुलीका पोल अझै सार्न बाँकी रहेको र निर्माण सामग्री समयमा नपाउँदा समयसीमाभित्र जिम्मेवारी पूरा गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ।

कूल  ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा विसं २०८२ पुस १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धताकासाथ शर्मा-जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो।

 विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको छ। त्यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ। सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन्। रासस


प्रकाशित : शुक्रबार, साउन २९ २०८३१४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend