काठमाडौं- नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पन्च ईभी काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा सार्वजनिक भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक सार्वजनिक भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ।
नयाँ पन्च ईभी पूर्वको बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स प्रालि, विराटनगर र इटहरीका गोयल अटो प्रालि, मधेश प्रदेशका गिरिजा अटोमोबाइल्स प्रालि र राज अटो प्रालि, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकैसाथ सार्वजनिक भएको हो।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिका अनुसार द अल न्यु टाटा पन्च ईभीप्रति नेपालमा देखिएको उत्साह यसको बुकिङमा पनि स्पष्ट रूपमा देखिएको छ। टाटा मोटर्सले विगतदेखि नै नेपाली ग्राहकहरूको आवश्यकता र चाहनाअनुसारका उत्पादनहरू ल्याउँदै आएको छ र यो न्यु पन्च ईभीको सकारात्मक सुरुवात देखेर आफूहरु उत्साहित भएको उनको भनाइ छ।
नयाँ पन्च ईभीको सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ। बुकिङ भएका ३२.९९ लाखका सुरुवाती मोडलसहितका सबै गाडीहरू केही दिनभित्रै ग्राहकहरूलाई डेलिभरी दिइने प्रतिबद्धता व्यक्त सिप्रदीले गरेको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
साथै एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।