काठमाडौं- सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर तारिखमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
अदालतले गोल्छालाई तत्काल थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छाड्ने आदेश दिएको हो। आदेशअनुसार धरौटी वा बैंक जमानत नबुझाए उनलाई थुनामा पठाउन सकिनेछ।
मुद्दामा गोल्छामाथि हिमालयन रिइन्स्योरेन्स कम्पनीको अध्यक्ष रहेका बेला व्यक्तिगत रूपमा समेत रकम लिएको र कम्पनीको सेयर कारोबारमा संलग्न रहेको आरोप लगाइएको छ।