बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तेह्रथुम पावर कम्पनीको नाफा २८८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ११ रूपैयाँ १७ पैसा

सोमबार, साउन २५ २०८३
तेह्रथुम पावर कम्पनीको नाफा २८८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ११ रूपैयाँ १७ पैसा

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७.८५ प्रतिशतले बढेर १८ करोड २६ लाख १२ हजार २६० रूपैयाँ पुगेको छ।

तेह्रथुम- तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा २८८.३८ प्रतिशत बढे ८ करोड ९३ लाख ३९ हजार रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३० लाख २ हजार रूपैयाँ मात्र खुद नाफा कमाएको थियो।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७.८५ प्रतिशतले बढेर १८ करोड २६ लाख १२ हजार २६० रूपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी १५ करोड ४९ लाख ४६ हजार ६५ रूपैयाँ थियो। बिक्री लागत ५ करोड ८० लाख ८ हजार १०२ रूपैयाँ रहेको छ। जसका कारण ग्रस नाफा २४.२१ प्रतिशतले बढेर १२ करोड ४६ लाख ४ हजार १५८ रूपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत ६२.०२ प्रतिशतले गिरावटका आएको छ। कम्पनीको २ करोड ७५ लाख ३१ हजार ३१५ रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष वित्तीय लागत ७ करोड २४ लाख ९३ हजार ३४ रूपैयाँ थियो।

आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९४.२६ प्रतिशतले बढेर ११ रूपैयाँ १७ रूपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ६८.६० प्रतिशतले बढेर १०३.६४ रूपैयाँ पुगेको छ। त्यस्तै, चालु अनुपात १.८३ र मूल्य आम्दानी अनुपात ३१.२४ गुणा रहेको छ।

हाल चुक्ता पुँजी १०० प्रतिशत १:१ हकप्रद सेयर जारी पश्चातले बढेर ८० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १५ करोड ४१ लाख १० हजार ४७९ रूपैयाँ ऋणात्मक रहेको जगेडा कोष  सेयर प्रिमियम तथा नाफा वृद्धिका कारण १८८.३२ प्रतिशतले सुध्रिएर २ करोड ९० लाख ९४ हजार ४१४ रूपैयाँ धनात्मक बनेको छ। 

दीर्घकालीन कर्जा भुक्तानी गरेसँगै कम्पनीको कुल दायित्व ६३.०१ प्रतिशतले घटेर ३४ करोड ६९ लाख ९ हजार ९४१ रूपैयाँमा झरेको छ।


प्रकाशित : सोमबार, साउन २५ २०८३१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend