बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

डिजिटल ब्रान्ड बनेका जमजम ब्रदर्सको ‘जमजम पर्फ्युम’ नेपालमा, सिभिल मलमा आउटलेट खुल्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०८३
डिजिटल ब्रान्ड बनेका जमजम ब्रदर्सको ‘जमजम पर्फ्युम’ नेपालमा, सिभिल मलमा आउटलेट खुल्दै

नेपालमा सञ्चालनमा आउन लागेको आउटलेट जमजम पर्फ्युमको २५औँ अन्तर्राष्ट्रिय शाखा हो। यसअघि साउदी अरेबिया, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा शाखा सञ्चालनमा छन्।

काठमाडौं- सामाजिक सञ्जालबाट लोकप्रिय बनेका जमजम ब्रदर्सको ब्रान्ड ‘जमजम पर्फ्युम’ नेपालमा भित्रिएको छ।

ब्रान्डले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। आउटलेटको औपचारिक उद्घाटन शनिबार हुने कम्पनीले जनाएको छ।

सामाजिक सञ्जालमा ‘बडे भाइ’ र ‘छोटा भाइ’का नामले परिचित उनीहरू टिकटक, युट्युब र इन्स्टाग्राममा सक्रिय छन्। आउटलेट उद्घाटनका लागि उनीहरू शुक्रबार काठमाडौं आइपुगेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले नेपालीसँग डिजिटल माध्यमबाठ जोडिएको र आफूहरूलाई रुचाएको उनीहरूले बताएका छन्। पत्रकार सम्मेलनमा नेपालका लागि उपयुक्त र नेपालीहरूले रुचाउने सगुन्धसहितको विभिन्न बिकल्प उपलब्ध हुने उनीहरूले बताएका थिए। 

नेपालमा सञ्चालनमा आउन लागेको आउटलेट जमजम पर्फ्युमको २५औँ अन्तर्राष्ट्रिय शाखा हो। यसअघि साउदी अरेबिया, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा शाखा सञ्चालनमा छन्।

जमजम ब्रदर्सले सन् २०१३ मा दुबईको अल फहिदी क्षेत्रमा ‘जमजम इलेक्ट्रोनिक्स’बाट व्यवसाय सुरु गरेका थिए। इलेक्ट्रोनिक्स व्यवसायपछि उनीहरूले रियल इस्टेट हुँदै सुगन्धित प्रसाधनको व्यवसायमा विस्तार गरेका हुन्।

कोभिड महामारीका क्रममा हास्यप्रधान सामग्रीमार्फत उनीहरूको सामाजिक सञ्जाल उपस्थिति विस्तार भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा बनाएको दर्शक आधारलाई व्यवसाय विस्तारमा समेत प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ।

नेपालमा जमजम पर्फ्युमको आधिकारिक वितरण जमजम पर्फ्युम नेपाल प्रालिले गर्नेछ। कम्पनीका अनुसार नेपालमा आउटलेटसँगै अनलाइन माध्यमबाट पनि उत्पादन बिक्री गरिनेछ।

साउदी अरेबिया, पाकिस्तान, कुवेत र ओमानपछि नेपालमा विस्तार गरेको जमजम पर्फ्युमले कतार, बेलायत, अमेरिका, स्पेन र मलेसियामा समेत विस्तार गर्ने योजना बनाएको जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend