बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गाडीका पार्टपुर्जाको अवैध कारोबारी प‌क्राउ, करोडौँका सामान नियन्त्रणमा

शुक्रबार, साउन २२ २०८३
गाडीका पार्टपुर्जाको अवैध कारोबारी प‌क्राउ, करोडौँका सामान नियन्त्रणमा

वैधानिकरूपमा कारोबार गर्ने व्यवसायीहरु प्रत्यक्ष प्रभावित भइ व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुगेका छन्।

काठमाडौं- अवैधरूपमा टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्टस आयात गरेर बिक्री गरी उपभोक्ता ठगी गरेको पाइएको छ। त्यसरी अवैधरूपमा बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। 

अवैध कारोबारको आशंकामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारेको हो। उक्त गोदामबाट करोडौँ मूल्यका अवैध आयात गरिएको नक्कली पार्टपुर्जा बरामद गरेको छ।

निजको पसल र १० वोटा गोदाम शिलबन्द गरेको छ। यस्ता नक्कली पार्टपुजाहरूका प्रयोगले राजस्वको ठूलो हिस्सा गुमिरहेको छ।

वैधानिकरूपमा कारोबार गर्ने व्यवसायीहरु प्रत्यक्ष प्रभावित भइ व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुगेका छन्। 

देशभर यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरू‌को खोजी कार्य र कारबाहीलाई तीव्र बनाउने प्रहरीले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend