काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा ८ हजार रूपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार रूपैयाँ पुगेको छ।
यो साता बुधबार पनि सुनको मूल्य प्रतितोला चार हजार दुईसय रूपैयाँले बढेको थियो। बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि बिहीबार प्रतितोला ९५ रूपैयाँले महँगिएको छ। चाँदी आज प्रतितोला ४ हजार ५७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।