काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक २१.१५ अंक अर्थात् ०.७८ प्रतिशतले घटेर २६६३.१८ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक १.२० अंक अर्थात् ०.०४ प्रतिशतले घटेर २६८४.३३ बिन्दुमा पुगेको थियो।
आज नेप्सेमा ५८ कम्पनीको सेयर मूल्य बढेको छ। २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३ सय ९६ कित्ता सेयर ५२ हजार २ सय ७२ पटक किनबेच भएको छ।
आज ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६ सय १० रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५४ करोड ७७ लाख ९५ हजार ८ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको थियो।
आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ४० करोड ६६ लाख ९३ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १.३१ प्रतिशत घटेको छ।