बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

शनिबार, साउन १६ २०८३
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी २५ करोड रूपैयाँभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र सो मातहतका निकायबाट हुने उद्योग विभागले जनाएको छ।

काठमाडौं- उद्योग विभागले स्थिर पुँजी २५ करोड रूपै‌याँभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ।

उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी २५ करोड रूपैयाँभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र सो मातहतका निकायबाट हुने उद्योग विभागले जनाएको छ।

त्यसैगरी रसायन आयात तथा वण्डेड वेयरहाउस एवं कच्चा पदार्थ खपतको नम्र्स निर्धारणलगायतका अन्य छुट, सुविधा, सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। 

विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित अन्य थप सात थरिका सेवा पनि अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरेर यही साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरिका सेवा पनि अनलाइनबाटै सम्पादन हुने जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन १६ २०८३१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend