बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित, गत आवमा १८ करोड ६० लाखमात्र संकलन

शनिबार, साउन १६ २०८३
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित, गत आवमा १८ करोड ६० लाखमात्र संकलन

अधिकांश निर्यात मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ।

झापा- भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा तोकिएको राजस्व लक्ष्य पूरा गर्न असमर्थ भएको बताएको छ।

उक्त कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार गत आवमा २५ करोड तीन लाख २५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा १८ करोड ६० लाख ९५ हजार ८४४ रूपैयाँमात्र संकलन भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ३३ करोड १३ लाख ७३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा २० करोड ८६ लाख ६९ हजार ६३१ रूपैयाँमात्र संकलन भएको थियो।

अधिकांश निर्यात मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, साउन १६ २०८३११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend