काठमाडौं- प्रतिनिधि सभाको आज (बिहीबार) बस्ने बैठकमा सरकारले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने भएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। समितिमा विस्तृत छलफलपछि मात्रै विधेयक प्रतिनिधि सभामा पुनः निर्णयका लागि प्रस्तुत हुनेछ।
आजको बैठकमा अर्को कार्यसूचीका रूपमा प्रतिनिधि सभाका पूर्व सदस्य तथा संविधान सभा सदस्य गोपालमान श्रेष्ठ को निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।