बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

बुधबार, साउन १३ २०८३
पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन्। भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका-१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ।

भद्रपुर- पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन्। ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन्। भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका-१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ।

यस्तै, बाह्रदशी गाउँपालिका-७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी-८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौं मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन्। 

सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको प्रहरी नायब उपरीक्षक अवाले बताए।

प्रहरीले कुनै पनि वस्तु रातारात करोडौंमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन १३ २०८३१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend