सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने सुविधा

सोमबार, साउन ११ २०८३
ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने सुविधा

१८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाइ नागरिक एपमा आबद्ध भएका नागरिकहरुले अनलाइनबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सक्नेछन् ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ।

नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन्। नागरिक एप प्रयोगकर्ताहरुले यस बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड 'नागरिक डट जीआईबीएल डटकम डट एनपी' लिंकमा क्लिक गरी प्राप्त गर्न सक्नेछन्।

यस सेवाले आमनागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउने छ। यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाइ नागरिक एपमा आबद्ध भएकाहरुले अनलाइनबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सक्नेछन्।

यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्वसहमति लिइ खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षितरुपमा प्राप्त गर्नेछ। यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ।

नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गइ वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

यस सेवाको सुरुवातसँगै ग्लोबल आईएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, साउन ११ २०८३११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend