मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

साधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरूको लगानी ५ अर्ब ४४ करोड रुपैयाँ, कुन कम्पनीको कति?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ५ २०८३
साधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरूको लगानी ५ अर्ब ४४ करोड रुपैयाँ, कुन कम्पनीको कति?

गत वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनी कम्पनीहरुको लगानी ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ रहेको थियो। कम्पनीहरुले गत वर्षको तुलनामा ८९ करोड ७९ लाख रुपैयाँ लगानो बढाएका हुन्।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरतर्फ कुल ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्।

गत वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनी कम्पनीहरुको लगानी ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ रहेको थियो। कम्पनीहरुले गत वर्षको तुलनामा ८९ करोड ७९ लाख रुपैयाँ लगानो बढाएका हुन्।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ७९ करोड ४१ लाख रुपैयाँ लगानि गरेको छ। त्यसैगरि दोस्रोमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ७७ करोड ३६ लाख रुपैयाँ  लगानी गरेको छ।

यसैगरी नेको इन्स्योरेन्स लिमिटेडले ६२ करोड ४९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५८ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ४९ करोड ७२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४७ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन्।

सूचीकृत साधारण शेयरतर्फ सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ३४ करोड १२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड ५९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोड २१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स लिमिटेडको ८ करोड ९१ लाख रुपैयाँ लगानी रहेका छन्।

विदेशी बीमा कम्पनीका शाखाका रूपमा सञ्चालित दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले भने सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरतर्फ कुनै पनि रकम लगानी नगरी शून्य लगानी कायम गरेका छन्।

share lagani non life.PNG


प्रकाशित : मंगलबार, साउन ५ २०८३१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend