शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बाढीपहिरोले ६ राजमार्ग अवरुद्ध

शनिबार, साउन २ २०८३
बाढीपहिरोले ६ राजमार्ग अवरुद्ध

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्णरुपमा अवरुद्ध भएको छ।

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। 

यसैगरी, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ। 

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। रासस


प्रकाशित : शनिबार, साउन २ २०८३१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend