शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

२९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २६ २०८३
२९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने

नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिवद्ध रहेको पनि उनले बताए।

काठमाडौं- सरकारले यही असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागको बताएका हुन्। 

राहदानीको प्रणाली हाल परिवर्तन गरिएको उनले बताए। नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिव पूरा भएको उनले बताए। त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भएपनि राहदानी सेवा सहज र नियमित रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ।

नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिवद्ध रहेको पनि उनले बताए।

उनले सरकारको नीतिअनुरुप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताए।

प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरु शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको बताए।

जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया सुरु भएको पनि उनले जानकारी दिए। यसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ। 


प्रकाशित : शुक्रबार, असार २६ २०८३१७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend