शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

भारतीय मार्केटमा बिजुलीको मूल्य प्रतियुनिट १२ तोकियो, नेपालमा के प्रभाव पर्ला?

images
शनिबार, चैत १९ २०७८
images
images
भारतीय मार्केटमा बिजुलीको मूल्य प्रतियुनिट १२ तोकियो, नेपालमा के प्रभाव पर्ला?
images
images

काठमाडौं- बजारमा बिजुलीको मूल्यमा अत्याधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको छ।

images
images
images

इण्डियन इनर्जी एक्सचेञ्जमा प्रतियुनिट २० भारु बराबर पुग्दासमेत सहजरूपमा बिजुली उपलब्ध हुन सकेको थिएन। अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको हो। बिजुली महँगो भएपछि नेपाल विद्युत प्राधिकरणले बिजुली आयात कम गरेपछि उद्योगहरूमा समस्या आएको थियो। 

images

भारतीय आयोगले शुक्रबारदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो। त्यसबाट नेपाललाई पनि हल्का राहत भएको छ। भारतमा उर्जा संकट गहिरिँदै गएपछि २० भारुसम्म पुगेको थियो। अझै बढ्ने देखिएपछि भारतले हस्तक्षेप गरेको हो। गत चैत ८ देखि नै नेपालका उद्योगमा बिजुलीको समस्या देखिएको छ। 

images

बिजुली काटिएपछि उद्योगको उत्पादन प्रभावित भएको भन्दै व्यवसायीहरूले सहज बनाउन माग गरिरहेका छन्।  नेपालले दैनिक न्यूनतम ६ सय मेगावाट बिजुली भारतबाट आयात गर्दै आएको प्राधिकरणले महँगो भएपछि दैनिक २ सय मेगावाटभन्दा कम आयात गर्दै आएको छ। 

बिजुली सस्तो महँगो भन्दा पनि बिजुली नै नपाउने अवस्था भएकोले खासै प्रभाव नगर्ने विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन्। ‘बिजुली पाउने अवस्था नै छैन्, समस्या त्यही हो,’ प्रवक्ता भट्टराईले भने। 

प्रतियुनिट ४.१२ देखि ४.१८ भारुमा खरिद गर्दै बिजुली अधिकतम २० रुपैयाँ भारुसम्म पुग्यो। प्रत्येक १५ मिनेटमा मूल्य परिवर्तन हुने सो बजारमा जतिपटक मूल्य परिवर्तन हुन्छ त्यति नै पटक प्रतिस्पर्धामा भाग लिएर प्राधिकरणले बिजुली खरिद गर्नुपर्छ। 

पछिल्लो समय प्राधिकरणले लोडसेडिङको तालिका पनि नदिने र बिजुली पनि नदिने अवस्था छ। यस्तो अवस्थाले गर्दा औद्योगिक वातावरण खलबलिएको उद्योगीहरूले गुनासो गरेका छन्। उद्योगमा बिजुली संकट हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले प्राधिकरणलाई केही समय महँगोमै भए पनि बिजुली खरिद गरेर उद्योगमा आपूर्ती गर्न आग्रह गरेका थिए। 


प्रकाशित : शनिबार, चैत १९ २०७८१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend