बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराइएको छ।

काठमाडौं- सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो।

सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको सो कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा उल्लेख छ।

मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराइएको छ।

प्रकाशित : बुधबार, असार १७ २०८३१८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend