मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

नागरिकता र लालपुर्जाको लागि सुस्ताबासीको संघर्ष, विभिन्न मागसहित माइतीघरमा आवाज उठाउँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
नागरिकता र लालपुर्जाको लागि सुस्ताबासीको संघर्ष, विभिन्न मागसहित माइतीघरमा आवाज उठाउँदै

लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन्।

काठमाडौं- नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौं आइपुगेका छन्।

सुस्ता बचाउ अभियानको आयोजनामा माइतीघरमा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनविरुद्ध आवाज उठाएका छन्।

लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन्।

धर्ना कार्यक्रमका सहभागीहरूले सरकारसँग विभिन्न माग राखेका छन्। नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न, सुगौली सन्धिको भावनाअनुरूप सीमांकनका लागि प्रभावकारी कुटनीतिक पहल गर्न, सुस्ताबासीहरूलाई तत्काल बिनाकुनै सर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन साथै पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न माग गरेका छन्।

काठमाडौंको सडकमा आफ्ना आवाज उठाउँदै सुस्ताबासी उत्रिँदा धेरैले ऐक्यवद्धतासमेत जनाएका छन्।

susta aandolan (2).jpg
susta aandolan (3).jpg
susta aandolan (4).jpg
susta aandolan (5).jpg

प्रकाशित : मंगलबार, असार १६ २०८३१५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend