सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित

आज नेप्सेमा २९ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ४० कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ५१ कम्पनीको ७६ लाख ९९ हजार २ सय २७ कित्ता सेयर ४४ हजार ९ सय ४२ पटक किनबेच भएको छ। आज २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- अघिल्लो साता ५२.५७ अंकले घटेर बन्द भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिन आज पनि घटेको छ।

आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २ अंकले घटेर बन्द भएको थियो।

आज नेप्सेमा २९ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ४० कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ५१ कम्पनीको ७६ लाख ९९ हजार २ सय २७ कित्ता सेयर ४४ हजार ९ सय ४२ पटक किनबेच भएको छ। आज २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५ रुपैयाँको कारोबार भएको छ।

आज याम्बालिङ हाइड्रोपावर लिमिटेड,टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्नो रिभर्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको ८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ।

त्यसैगरि, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटेको छ। बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटेको छ।

प्रकाशित : सोमबार, असार १५ २०८३१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend