लुम्बिनी- नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याएको भन्दै २३ लाख ९० हजार रुपैयाँबराबरका मोबाइल फोनसेट बरामद गरेको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिका-४ सानो बालापुरबाट विभिन्न मोडलका आइफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्। रासस