मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

कालीकोट- कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा  पढ्ने २ सय विद्यार्थीलाई  ‘एक घर, एक करेसाबारी’ बनाउन सीप सिकाउँदैछ।

कालीकोट- कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा  पढ्ने २ सय विद्यार्थीलाई  ‘एक घर, एक करेसाबारी’ बनाउन सीप सिकाउँदैछ।

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।

यस कार्यक्रमबाट यहाँका विद्यार्थीले स्थानीयस्तरमा पाइने अन्नको संरक्षण र ताजा तरकारी उत्पादनमा सीप आर्जन गर्न सक्छन् भन्ने विश्वास यहाँका  सामुदायिक विद्यालयले गरेका छन्।

गाउँपालिकामा जम्मा १८ वटा विद्यालय छन्। त्यसमध्ये वडा नं ५ मा कालिका माध्यमिक विद्यालय महावै, वडा नं ६ मा रहेको चन्द्रागिरि माध्यमिक विद्यालय, राम्नी कोटबाडा र वडा नं ७ को राम माध्यमिक विद्यालय कुनीमा ‘एक घर एक करेसाबारी, एक घर पाँच बिरुवा’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

ओदा फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रम महावै सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यायन गर्ने विद्यार्थीका लागि लागू गरिएको छ।

यतिखेर यहाँका कक्षा ८, ९ र १० का विद्यार्थी करेसाबारी व्यवस्थापन, नर्सरी स्थापना, बिरुवा उत्पादन तथा फलफूल र तरकारीखेतीका व्यावहारिक सीप सिकिरहेका छन्। 

गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह विद्यार्थीलाई वातावरण संरक्षण, विद्यालय करेसाबारी (स्कुल किचेन गार्डेन) तथा दिगो कृषिसम्बन्धी अभिमुखीकरणले उत्पादनमा लाग्न मद्दत पुग्ने बताउँछन्। 

करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना अभिभावकलाई जानकारी गराउने र उक्त सीपले घरमा करेसाबारी निर्माण गरेर तरकारी फलाउने काम गरेको कालिका माध्यमिक विद्यालय-५ महावैमा कक्षा ९ मा अध्यायनरत छात्रा रमा काफ्लेले बताउँछन्

युरोपका केही देशमा विद्यालय बगैँचाको अभ्यास सन् १८१९ देखि र अमेरिकामा सन् १८९१ बाट  विद्यार्थीलाई व्यावहारिक कृषि तथा बगैँचासम्बन्धी सीप सिकाउन थालिएको थियो । त्यसयता विद्यालयमा तरकारी फलपूmल तथा पोषण शिक्षा जोड्ने उद्देश्यले करेसाबारी कार्यक्रम विश्वका धेरै देशमा फैलियो।

नेपालमा भने विद्यालयस्तरमा करेसाबारी शिक्षा, विभिन्न समयमा कृषि शिक्षा, पोषण कार्यक्रम र विद्यालय बगैँचा कार्यक्रममार्फत विद्यार्थीलाई क्रमशः सीप सिकाइँदै लगिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ९ २०८३१६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend