बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

महानगरभित्र कुल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन्।

चितवन- भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ।

प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो।

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिए।

महानगरभित्र कुल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन्। रासस


प्रकाशित : बिहीबार , असार ४ २०८३१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend