काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ लाख राहदानी छपाइ प्रक्रियाको अनुसन्धानका लागि भन्दै राहदानी विभागका महानिर्देश तिर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
६४ लाख विद्युतीय राहदानी छपाइको विषयमा आएको उजुरीउपर सोधखोजका लागि अर्याललाई नियन्त्रणका लिएको अख्तियार स्रोतले जनाएको छ।
विभागले स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरीको कामका लागि जर्मन कम्पनी मुलबाउर र बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङको कामका लागि जर्मन कम्पनी भेरिडोससँग सम्झौता गरेको थियो।
विभागले २०८२ को साउनमै दुईपक्षीय सम्झौता गरेको थियो। नयाँ कम्पनीबाट राहदानी छपाइको काम भने सुरु हुन बाँकी छ। कम्पनीले आवश्यक पूर्वधार तयारी गरी परीक्षणसमेत गरिसकेको छ।
अबको एक महिनाभित्रै नयाँ सम्झौता भएको कम्पनीबाट राहदानी छपाइको काम सुरु गर्ने तयारी भइरहेका बेला अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको हो।
