काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड रुपैयाँको बजेट ल्याएको छ।
प्रदेश सरकारले आज प्रदेशसभमा प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ११ अर्ब ११ करोड र पुँजीगततर्फ २२ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै ३ अर्ब ५५ करोड वित्तीय हस्तान्तरणमा खर्च हुनेगरी सरकारले विनियोजन गरेको छ।
विनियोजन खर्चको स्रोत व्यवस्थापनका लागि स्रोत धान्ने आन्तरिक राजस्वबाट ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३१ करोड र समानीकरणबाट ८ अर्ब ५६ करोड र ससर्त अनुदानबाट ४ अर्ब व्यवस्थापन हुने लक्ष्य राखिएको छ।
त्यस्तै अनुदान तथा सहायताबाहेक चालु वर्षको सञ्चितिबाट ३ अर्ब ७३ करोड व्यवस्थापन हुने सरकारले लक्ष्य लिएको छ।
