आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन

आइतबार, जेठ ३१ २०८३
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन

बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघन कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघन कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३३५ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : आइतबार, जेठ ३१ २०८३०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend