बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

ट्रम्पको दाबी : हर्मोज जलसन्धि हुँदै २०० भन्दा बढी जहाजलाई अमेरिकी सेनाको गोप्य सुरक्षा सहयोग

बिहीबार , जेठ २८ २०८३
ट्रम्पको दाबी : हर्मोज जलसन्धि हुँदै २०० भन्दा बढी जहाजलाई अमेरिकी सेनाको गोप्य सुरक्षा सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि हर्मोज जलसन्धि हुँदै आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजहरूलाई अमेरिकी सेनाले गोप्य रूपमा सुरक्षा सहयोग प्रदान गरेको दाबी गरेका छन्।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि हर्मोज जलसन्धि हुँदै आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजहरूलाई अमेरिकी सेनाले गोप्य रूपमा सुरक्षा सहयोग प्रदान गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले उक्त सैन्य सहयोगका कारण १० करोड ब्यारेलभन्दा बढी कच्चा तेल विश्व बजारमा सुरक्षित रूपमा आपूर्ति हुन सफल भएको उल्लेख गरेका छन्। उनले रणनीतिक रूपमा महत्वपूर्ण उक्त जलमार्गमा इरानको प्रभाव नभई अब पूर्ण रूपमा अमेरिकाको नियन्त्रण कायम भएको जिकिरसमेत गरेका छन्।

ट्रम्पले इरानको सैन्य क्षमतालाई कमजोर भएको र अर्थतन्त्र धराशायी भएको दाबी गर्दै कडा टिप्पणी गरेका छन्। उनले भनेका छन्, 'इरानका लागि अब सबै समाप्त भइसकेको छ।'

इरानसँगको वार्ता प्रक्रिया अवरुद्ध भएको र पछिल्ला दिनहरूमा इरानले अमेरिका तथा इजरायलसँग प्रत्यक्ष सैन्य तनाव बढाइरहेको सन्दर्भमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

यसैबीच गत सोमबार उक्त क्षेत्रमै अमेरिकी सैन्य हेलिकप्टर खसेपछि ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्न निर्देशन दिएको विवरण सार्वजनिक भएको छ। पछिल्ला घटनाक्रमसँगै मध्यपूर्वमा तनाव चरम अवस्थामा पुगेको छ। -सिन्ह्वा


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend