आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

आजको मौसम : देशभर साधारणतया बादल लाग्ने

बिहीबार , जेठ २८ २०८३
आजको मौसम : देशभर साधारणतया बादल लाग्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ।

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ। 

त्यसैगरी कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २८ २०८३०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend