बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

बर्डफ्लुका कारण साढे ५ लाख कुखुरा नष्ट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २७ २०८३
बर्डफ्लुका कारण साढे ५ लाख कुखुरा नष्ट

कीर्तिपुर- पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ।

कीर्तिपुर- पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ।

हालसम्म ५ लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन्। यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्।

सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९ सय अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिए।  


प्रकाशित : बुधबार, जेठ २७ २०८३१५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend