मेलम्ची नगरपालिकाले बस्ती संरक्षण गर्न नदी नियन्त्रण तथा गहिराउनका लागि २ करोड ५० लाख रूपैयाँ बिनियोजन गर्ने भएको छ।
सोहीअनुसार तालामाराङदेखि सिपाघाटसम्म काम पाँचवटा उपभोक्ता समितिमार्फत काम भइरहेको छ। गत असार १ गते र त्यसपछि आएका बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी र इन्द्रावतीका केही भेगमा अतुलनीय क्षति पुर्याएको थियो। तस्बिर : देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस