बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कोशी प्रदेशमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २० २०८३
कोशी प्रदेशमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा- कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्।

झापा- कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्।

हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि बैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन्।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये ४ वटा जिल्लाबाट मात्रै  सूचना दर्ता भएको जानकारी दिए। 

उनले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिए। हेल्पलाइन वा प्रहरी हेल्पलाइन मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनःस्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ ।  

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा ९ हजार ७ सय १३, बालविवाहका घटना भएको तथ्याङ्क छ। पछिल्लो समय टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबका कारण बालविवाह न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भइरहेको संरक्षणकर्मी अधिकारीले जानकारी दिए।  


प्रकाशित : बुधबार, जेठ २० २०८३१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend