शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कोशी प्रदेशमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २० २०८३
कोशी प्रदेशमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा- कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्।

झापा- कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्।

हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि बैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन्।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये ४ वटा जिल्लाबाट मात्रै  सूचना दर्ता भएको जानकारी दिए। 

उनले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिए। हेल्पलाइन वा प्रहरी हेल्पलाइन मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनःस्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ ।  

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा ९ हजार ७ सय १३, बालविवाहका घटना भएको तथ्याङ्क छ। पछिल्लो समय टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबका कारण बालविवाह न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भइरहेको संरक्षणकर्मी अधिकारीले जानकारी दिए।  


प्रकाशित : बुधबार, जेठ २० २०८३१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend