शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सबैले सुनेको कुरामा सरकारका प्रवक्ताले बोले झुट, भन्छन् - प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको छैन

मंगलबार, जेठ १९ २०८३
सबैले सुनेको कुरामा सरकारका प्रवक्ताले बोले झुट, भन्छन् - प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको छैन

नेपालको सीमा मिचिएको कुरा राख्दा भारत-नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा प्रधानमन्त्रीले भनेको भन्दै बचाउ गरे।

काठमाडौं- सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति नदिनुभएको दाबी गरेका छन्। 

गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा  'भारतले नेपालको मात्र होइन नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए।

सोही सन्दर्भमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा मंगलबार सिंहदरबारमा बोल्दै सरकारका प्रवक्ता पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत-नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा प्रधानमन्त्रीले भनेको भन्दै बचाउ गरे। 

‘प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो। उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो। यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ' पोखरेलले भने। 

प्रधानमन्त्रीको उक्त भनाइबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको र भूमिसम्बन्धी सीमा विवाद समाधानका लागि बनेको संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राखेको पोखरेलले दाबी गरे। सीमा समस्या समाधानका लागि कुटनीतिक नोट पठाइसकिएको र दुई देशबीच रहेका सीमा विवादहरू टेबल टकमार्फत समाधान गरिने उनले स्पष्ट पारे।

प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सदनमा राखेको धारणा पुनः सुन्न भनेका छन्। 


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend