शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वीरगञ्ज नाकाबाट १० महिनामा ७ अर्ब ९७ करोड रुपैयाँबराबरको दलहन आयात

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
वीरगञ्ज नाकाबाट १० महिनामा ७ अर्ब ९७ करोड रुपैयाँबराबरको दलहन आयात

चालु आवको १० महिनामा एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने दुई अर्ब १७ करोडको आयात भएको थियो।

पर्सा- चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै ७ अर्ब ९७ करोड रुपैयाँबराबरको दलहन आयात भएको छ। यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ। गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए।

उनका अनुसार यस अवधिमा तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो।

यसैगरी चालु आवका १० महिनामा दुई अर्ब चार करोड मूल्य पर्ने सिसी/राजमा आयात भएको छ। गत वर्ष सोही अवधिमा भने दुई अर्ब ७४ करोडकोे सिमी/राजमा आयात भएको थियो।

चालु आवको १० महिनामा एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने दुई अर्ब १७ करोडको आयात भएको थियो।

चालु आवको १० महिनामा ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ १९ २०८३११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend