शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि यो निष्कासन खुला गरेको हो।

कम्पनीले कुल जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

 सोमध्ये स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९५ हजार कित्ता र कर्मचारीहरूका लागि १ लाख ५ हजार कित्ता शेयर यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ। अहिले सर्वसाधारणका लागि भने बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य पर्ने २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरिएको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुने तालिका रहेको छ। केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी इस्यूअर रेटिङ' प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि सहजै आवेदन दिन सकिने व्यवस्था रहेको छ।


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend