मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नेप्स परिसूचक ३० अंकले बढ्याे, ३ अर्ब ८२ करोड रुपैयाँको करोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ६ २०८३
नेप्स परिसूचक ३० अंकले बढ्याे, ३ अर्ब ८२ करोड रुपैयाँको करोबार

आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड लाख  ६ लाख ६१ हजार ४ सय ७६ कित्ता सेयर ५२ हजार ३ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०.०४ अंकले बढेर  २७७५.४८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ६.५१ अंकले घटेर  २७२४.३९ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड लाख  ६ लाख ६१ हजार ४ सय ७६ कित्ता सेयर ५२ हजार ३ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड सेयरमूल्य १५ प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८९ प्रतिशत बढेको छ।

त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढेको छ।

प्रकाशित : बुधबार, जेठ ६ २०८३१५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend