शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नागढुंगा-मुग्लिङ सडकखण्डको स्थलगत अनुगमनमा गए पूर्वाधार विकासमन्त्री

शुक्रबार, जेठ १ २०८३
नागढुंगा-मुग्लिङ सडकखण्डको स्थलगत अनुगमनमा गए पूर्वाधार विकासमन्त्री

इन्धन र बिटुमिनको अभावका कारण नागढुंगा-मुग्लिङ मात्र नभइ देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्यसमेत सुस्त वा ठप्प भएको अवस्था छ।

काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडकखण्डको स्थलगत अनुगमन गरेका छन्।

निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा गएको मन्त्रीको सचिवालयले जनाएको छ। 

पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा सडक निर्माण कार्य प्रभावित हुन पुगेको छ।

इन्धन र बिटुमिनको अभावका कारण नागढुंगा-मुग्लिङ मात्र नभइ देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्यसमेत सुस्त वा ठप्प भएको अवस्था छ।

निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थितिमात्र नभइ स्थानीयस्तरमा हुने अवरोध र ढुंगा, गिटी तथा बालुवाको सहज उपलब्धता नहुनु पनि प्रमुख कारण रहेका छन्।

निर्माण व्यवसायीहरूले यी समस्याहरूबारे सरकारलाई पटक-पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो बढिरहेको थियो।


प्रकाशित : शुक्रबार, जेठ १ २०८३११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend