शनिबार, मंसिर ८ गते २०८१    
images
images

मापदण्ड मिचेर जग्गा कित्ताकाट गर्ने २ सय प्लटिङको कारोबार रोक्का गरिने

जग्गा किन्दै हुनुहुन्छ? यी कुरामा दिनुस् ध्यान

images
शुक्रबार, चैत ११ २०७८
images
images
मापदण्ड मिचेर जग्गा कित्ताकाट गर्ने २ सय प्लटिङको कारोबार रोक्का गरिने
images
images

काठमाडौं- सरकारले २ सयभन्दा बढी जग्गा प्लटिङलाई मान्यता नदिने भएको छ। उपत्यका विकास प्राधिकरणले अनुमति नलिइकन तयार भएका २ सयभन्दा बढी जग्गा प्लटलाई तत्काल रोक्ने प्रक्रिया अगाडि बढाएको छ।  

images
images
images

काठमाडौं, भक्तपुर र ललितपुरका अनाधिकृत जग्गा प्लटको कारोबारमा रोक लगाउनेगरी तीनवटै जिल्ला कार्यलयले सूचना निकालेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले जानकारी दिएका छन्। 

images

अहिले सबैजसोको कित्ता नम्बरलाई मालपोत कार्यालयमा रोक्काका लागि पठाइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ। जसमा कार्यालयमा जग्गा रोक्नका लागि पत्राचारसमेत भएको छ। २ सयभन्दा बढी प्लटमा समस्या देखिएको र अन्य क्षेत्रको पनि जग्गा प्राधिकरणले खोजिरहेको छ। 

images

aircraft.jpg

‘फुकुवा गर्नका लागि अब घरजग्गा व्यवसायीले प्लटिङ गरेको जग्गामा ५ प्रतिशत खुला क्षेत्र र २० फिट बाटो कायम गरेर नयाँ संरचना तयार पारेपछि मात्रै कारोबार फुकुवा हुनेछ’ ढकालले भने।

प्राधिकरणले तोकेको मापदण्ड लागु नगरेसम्म उक्त जग्गाहरूमा कारोबार रोक्का जारी रहनेसमेत प्राधिकरणले जनाएको छ। व्यवसायीहरूले नाफा छिटो कमाउनका लागि मापदण्ड मिचेर धेरै प्लट खाडा गरिएको पाइएपछि प्राधिकरण आक्रामक रुपमा प्रस्तुत भएको हो।

घरजग्गा व्यवसायीहरूले नाफा मात्रै हेरेर काम गर्दा समस्या आएकोले नयाँ नक्सांकन नगरेसम्म कारोबार फुकुवा नहुने समेत ढकालले बताए।

‘प्राधिकरणको केही दिनपछि बैठक बस्ने र सोही बैठकले रोक्काको निर्णय गर्ने छौँ,’ ढकालले भने। प्राधिकरणको निर्णयले अब एउटा प्लटिङमा कम्तीमा ३ वटा घडेरीसम्म गुमाउने देखिएको छ। व्यवसायीले १३ फिटको बाटो राखेर धमाधम प्लटिङ गरेको समेत पाइएको प्राधिकरणले जनाएको छ।

aircraft.jpg

प्राधिकरणले २० फिटभन्दा सानो बाटोमा जग्गा प्लटिङ गर्न अनुमति नै दिँदैन। त्यसरी १३ फिट मात्रै बाटो राखेर गरिएका प्लटिङ सरासर अनधिकृत भएकोसमेत सूचना अधिकारी ढकालले बताए। २० फिटबिना टिपर, पानी ट्यांकी, दमकल लैजान सहज नहुने र सहर व्यवस्थित बनाउनका लागि प्राधिकरणले मापदण्ड कार्यन्वयनमा ल्याएको थियो।

यसअघिको मापदण्डमा १३ फिटको बाटो रहेको थियो भने पछि मापदण्ड संसोधन गरेर २० फिट बाटो र ५ प्रतिशत खुला क्षेत्र राख्नु पर्ने व्यवस्था गरिएको हो।

काठमाडौंमा जग्गा किन्दै हुनुहुन्छ? यी कुरामा दिनुस् ध्यान

जग्गामा लगानी गरेर मेहनतको कमाइ लगाउने सोचिरहँदा विचार गर्नुपर्ने विषय धेरै छन्। दु:खको कमाइको लगानी गर्दा नफस्नका लागि चनाखो हुनु जरुरी छ। 

नापी नक्सा र फिल्डमा हुने जग्गामा पर्नसक्ने फरक, राजकुलो र खोल्सी जस्ता क्षेत्रमा पर्ने जग्गा, मिचिएका सार्वजनिक जग्गा साथै उच्च भोल्टेजका बिजुलीका तारमुनिका जग्गा जस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ। सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले सर्वसाधारणका लागि जग्गा खरिद गर्नुअघि विचार गर्नुपर्ने केही सुझावहरू दिएको छ।

- फिल्डमा मात्र होइन, नापी नक्सामा सार्वजनिक बाटो कायम गरेको छ, छैन? नापी र मालपोत कार्यालयमा चेकजाँच गर्नुहोला, हेर्नुहोला।

- राजकुलो, खोल्सी ढाकेर, छोपेर, मिचेर बाटो कायम गरिएको त छैन? यसरी बनाइएका बाटाहरू गैहकानूनी हुन।

- जग्गा खोला किनार भित्रको त हैन? जग्गा फिल्डमा एकतिर देखाइने नापी नक्सामा अन्यत्र भएर दुःख पाएका घटनाहरू प्रशस्त छन्। सुरूको सावधानीले पछि कष्टबाट बचिन्छ।

- ढिस्को भासेर, पुरुवा माटोले सम्याइएको जग्गा त हैन? यस्तोमा धेरै भासिने हुन्छ।

- सार्वजनिक जग्गा मिचेर फिल्डमा बाटो कायम गरिएको प्लट ठूला देखाइ झुक्याइएको त छैन?

- जमिन भासिने / बग्ने डर त छैन? भूक्षय भूःस्खलनका कारण घरजग्गा नै भासिएक दुःखद घटनाहरू प्रशस्त छन्।

- सडकको मापदण्ड अनुरुप बाटो विस्तार भित्र पर्छ कि? निर्देशित जग्गा विकास कार्यक्रम जीएलडी अन्तर्गत प्रस्तावित सडक रेखाङ्कनभित्र पर्छ कि?

- उच्च भोल्टेजका विजुलीका तार मुनि त पर्दैन? दलदले र गहिरो खेत पुरेर घडेरी बनाइएको रहेछ भने त्यस्तो ठाउँमा भूकम्पको कम्पन (धक्का) बढी हुन्छ। यस्ता ठाउँमा बनाइने घरहरू माटो परिक्षण गरी विशेष खाले जग हाल्नु पर्ने हुन्छ। विशेष खाले जग नहालेमा आफ्ना परिवार र छिमेकीसमेतको जीउ ज्यानको सुरक्षा खतरामा रहने डर रहन्छ। स्वभावतः सावधानी अपनाउनु पर्ने हुन्छ।

- भूकम्प आगलागी जस्ता अप्रयासित प्राकृतिक प्रकोपका बेला आपतकालीन उद्धारको लागि दोहोरा एम्बुलेन्स, दमकल चल्न अनिवार्य हुन्छ। बाटोको चौडाइ यस्ता साधनलाइ दोहोरो आवतजावत गर्न पुग्ने भएमा सुरक्षित हुन अस्पताल दौडाउन सजिलो हुन्छ। लगानीपूर्व भविष्यमा सम्भावित दुर्घटनाको पनि ख्याल गर्नुहोला।


प्रकाशित : शुक्रबार, चैत ११ २०७८००:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend