शनिबार, मंसिर ८ गते २०८१    
images
images

योजना आयोगलाई बाइपास गर्न अर्थमन्त्रीको ‘थिंकट्यांक’

images
बिहीबार , चैत १० २०७८
images
images
योजना आयोगलाई बाइपास गर्न अर्थमन्त्रीको ‘थिंकट्यांक’

यो समूहले गर्ने काम कारबाहीका सन्दर्भमा स्पष्ट निर्देशित गरिएको छ। आकर्षक सेवा सुविधा दिनेगरी मन्त्रालयले यस्तो समूह बनाएको हो। 

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न साथै आगामी बजेटमा सरकारले लिनुपर्ने नीतिका बारेमा सल्लाह सुझाव दिनका लागि भन्दै एउटा 'थिंकट्यांक' बनाएका छन्। 

images
images
images

माओवादी निकट मानिने अखबारी लेखनका सक्रीय हरि रोकाको संयोजकत्वमा शर्माले थिंकट्यांक बनाएका हुन्। अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाका अनुसार तलब सुविधा दिनेगरी यस्तो समूह निर्माण गरिएको छ। 

images

यो समूहले गर्ने काम कारबाहीका सन्दर्भ स्पष्ट निर्देशित गरिएको छ। आकर्षक सेवा सुविधा दिनेगरी मन्त्रालयले यस्तो समूह बनाएको हो। 

images

सामान्य रूपमा हेर्दा अर्थमन्त्रीले आफूलाई सल्लाह सुझाव दिनका लागि समिति गठन गरेको जस्तो देखिन्छ। तर यसको आसय त्यतिमा सीमित देखिँदैन। किनभने यसको गठन राष्ट्रिय योजना आयोगको झल्को दिने खालको छ। 

विषयगत क्षेत्र तोकेर संयोजक, सदस्यसमेत नियुक्त गरिएको यो समिति योजना आयोगको झल्को दिने खालको छ। संयोजक रोकाबाहेक कृषि क्षेत्र हेर्नेगरि सोमत घिमिरे, पूर्वाधार हेर्नेगरि जगत श्रेष्ठ र उत्पादन तथा वितरण हेर्नेगरि रघुवीर विष्ट साथै वैदेशिक व्यापार हेर्नेगरि सुमनजंग केसीलाई नियुक्त गरिएको छ। 

समितिको गठन र त्यसको प्रायोजन सबै हेर्दा प्रष्ट छ- अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय योजना आयोगलाई बाइपास गर्नेगरी समूह बनाएका छन्। विषयगत क्षेत्र हेर्नेगरि सदस्य नियुक्त गर्ने  योजना आयोगकै परम्परा छ। 

यो समितिलाई कानून नियम र परम्पराले भने चिन्दैन। अर्थ मन्त्रालयले आर्थिक सल्लाहकारसम्मको नियुक्ति गर्ने यसअघिको परम्परा थियो। तर यस्तो समिति नै बनाउने काम भने गरिएको थिएन। अर्थ मन्त्रालय अन्तर्गत नीति नियमको समीक्षा तथा अनुसन्धान गर्ने स्थायी संयन्त्र नै छ। नीति विश्लेषण गर्ने एउटा छुट्टै महाशाखा छ। मन्त्रालयमा आउने आर्थिक सल्लाहकारले यही महाशाखासँग निकट भएर काम गर्ने गरेका थिए। तर अर्थमन्त्री शर्माले छुट्टै समिति बनाइदिएका छन्। 

योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसँग सम्बन्ध राम्रो हुन नसकेपछि शर्माले समानान्तर खालको समिति बनाएका हुन्। अर्थ मन्त्रालयकै अधिकारीहरू मन्त्रीको यो कदमले आयोगलाई बाइपास गर्ने खालको काम भएको बताउँछन्।

‘बजेट निर्माणको सम्मुखमा छौँ। यस्तोमा योजना आयोगको सहभागिता हुन्छ। योजना निर्माणदेखि बजेटका कतिपय दीर्घकालीन नीतिको विश्लेषण गर्नुपर्ने हुन्छ। यी सबै काम मन्त्रीले मन्त्रालयमै गर्न खोजेको जस्तो देखिन्छ’  मन्त्रालयका एक अधिकारीले भने। 

माओवादी नेतासमेत रहेका अर्थमन्त्री शर्मा र आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलबीचको सम्बन्ध सुरुदेखि नै राम्रो छैन। प्रधानमन्त्रीको रोहबरमा हुने बैठकमै यी दुईबीच टकराब हुने गरेको अधिकारीहरू बताउँछन्। 

‘यी दुईबीच सुरुदेखि नै टकराब छ। डा पौडेल आर्थिक अनुशासन र दीर्घकालीन सोचमा विश्वास राख्छन्। जुन कुरा अर्थमन्त्रीसँग मिल्ने कुरै भएन’ एक उच्च अधिकारीले भने। 

योजना आयोगका उपाध्यक्ष पौडेलसँगको शर्माको टकराब धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमै छताछुल्ल भएको थियो। सुरूमा अर्थमन्त्रीले मन्त्रालयको निर्णय भन्दै अध्यक्ष छनौट समिति बनाएका थिए। तर कानूनअनुसार समिति गठनको निर्णय मन्त्रालयले नभइ सरकारले गर्नुपर्ने अडान पौडेलले राखेका थिए। 

पौडेलको अडानपछि पहिलेको निर्णय उल्टिएर सरकारले नै निर्णय गरेर समिति पुनर्गठन भएको थियो। 

अर्थतन्त्रको अवस्था खराब हुँदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अवस्था सम्हाल्नका लागि योजना आयोगका उपाध्यक्ष पौडेलको सल्लाहमा छलफल अघि बढाएका छन्। जनार्दन शर्माबाट अर्थमन्त्रिको अहिलेको अवस्था सम्हाल्न कठीन हुने भन्दै कांग्रेसका नेता तथा स्वयम् देउवा पनि कन्भिन्स भएका छन्। 

पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापाले व्यवसायी तथा अर्थशास्त्रीहरूसँग अर्थतन्त्रका बारेमा छलफल गरेका थिए। थापाले सबैसँगको छलफलका आधारमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। यो सब प्रक्रियामा देउवाले उपाध्यक्ष पौडेललाई निकट राखेर गरिरहेका छन्। 

सत्ता साझेदार माओवादीलाई मनाएर अर्थ मन्त्रालय कांग्रेसले लिने र त्यसो नभए माइक्रो म्यानेजमेन्ट गरेर भएपनि अवस्था सम्हाल्ने तयारी प्रधानमन्त्रीको छ। सचिव तथा सहसचिवमार्फत अर्थमन्त्रिका बारेमा लिड लिने देउवाको तयारी छ। 

यो सबै कुरा बुझेका शर्मा अहिले योजना आयोगलाई नै बाइपास गर्नेगरी अघि बढेका छन्। बजेट निर्माण तथा विकास योजनामा कानूनी दायित्व बोकेको योजना आयोगलाई बाइपास गर्ने शर्माको कदमको परिणाम भने केही आउने देखिँदैन। 

शर्माले थिंक ट्यांकको संयोजक बनाएका हरि रोका यसअघि माओवादीबाट कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा पनि नीतिगत अनुसन्धान गर्ने भन्दै नियुक्ति पाएका थिए। 


प्रकाशित : बिहीबार , चैत १० २०७८०३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend